#RightToRejectin2084 #WeWantRightToRejectin2084 देशमा चालू खर्च चुलिदो छ। चालू खर्च र वित्तीय व्यवस्थापनको बोझ दिनानुदिन बढ्दा हालै ल्याईएको आ व ०८१/८२ को बजेट पुजिगत खर्चको हिस्सा १९% प्रतिशत भन्दा कम देखिन्छ। समयक्रम सगै विकासका लागि झन् ठुला र महत्वकान्छी योजनाको माग बढीरहदा यस्को स्रओत कहावाट जुटाउने भन्ने समस्या देखीन थालेको छ। सरकारको अपेक्षीत राजश्व संकलनले चालु खर्च नै मुस्कीलले धान्ने अवश्थामा विकाश वजेटको व्यवस्थापन नै अहिलेको मुख्य चुनौति रहेको छ। चालु खर्च काम गर्नका लागी अनेको प्रयासहरु गरिएका पनि छन। सरकारले विभीन्न समयमा विभिन्न सरकारी निकायहरु गाभ्ने तथा खारेज गर्ने घोषणा पनि गरेको छ तर तिनको कार्यान्वयन प्रभावकारी रुपमा हुन सकेको छैन। यस्तै अनेकन प्रयास र चर्चा परिचर्चामा रहेको कुराको सेनाको संख्या। सेनाको संख्या घटाउने बढाउने विषयमा विभिन्न तह तप्कामा छलफल तथा वहस चलिरहेको छन। सेनाको संख्या घटाउने बढाउने विषयमा दुवै पक्षमा जोडदार आवाजहरु सुनिन्छन। सेनाको हालको संख्या लगभग ९८००० जना रहेको छ। देशको सुरक्षा संयन्त्रको प्रमुख हिस्सा रहेको नेपाली सेना हाल मुख्य त व्